अर्को सूचना जारी नभएसम्मको लागि टेकु अस्पतालमा कोरोना खोप कार्यक्रम स्थगित

Sukraraj trapikal

काठमाडौँ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगन गरिएको छ।

अस्पताल प्रशासनले आइतबार एक सूचना निकालेर कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ। अस्पतालले चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाउने कार्यक्रम आइतबारदेखि बन्द गरिएको जानकारी दिएको हो।

‘जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको सूचना अनुसार अर्को सूचना जारी नभएसम्म खोप कार्यक्रम  स्थगन गरिएको छ,’ अस्पताल प्रशासनले भनेको छ।

पछिल्लो समय कोरोनाविरुद्धको खोप कार्यक्रम व्यवस्थापन प्रभावकारी नहुँदा अनेक समस्या देखा परेका छन्। काठमाडौंस्थित खोप केन्द्रमा यहाँका स्थायी बासिन्दालाई मात्रै खोप हानिएको भन्दै आलोचना भइरहेको छ। डेरा गरेर बस्ने लक्षित उमेर समुहकालाई खोप नदिएर अन्याय गरिएको गुनासो बढिरहेको छ।

विभिन्न देशबाट खोप आउने क्रम जारी रहे पनि सरकारले व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन। चिकित्सकहरुले कोरोनाको दोस्रो लहरले फेरि उचाइ लिन लागेको बताइरहँदा खोप कार्यक्रमले अझै गति लिन सकेको छैन।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शनिबार एकै दिन २ लाख ८० हजारलाई खोप हानिएको बताएका थिए। तर उपत्यका र बाहिरका खोप केन्द्रमा पुगेका सयौँ नागरिक त्यतिकै फर्किएका छन्। विदेश जानेहरूले समेत समयमा खोप नपाउँदा समस्या भइरहेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...