पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर १८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।

देशभर हालसम्म ३१ हजार २९८ जना सक्रिय संक्रमित छन्। आइतबार २ हजार २० जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...