धनकुटामा थप १४ जनामा कोरोना पुष्टि, ६ जना संक्रमणमुक्त

Dhankuta pcr lab

धनकुटा । धनकुटामा केही दिन यता कोरोना संक्रमितको संख्या क्रमस घट्न थालेको छ । शुक्रबार धनकुटामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज सो संख्यामा ४ जना घटेको छ ।

आज धनकुटामा थप १४ जनामा कोरानो पुष्टि भएसँगै अहिलेसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार ३ सय ५६ पुगेको छ ।

हिजो धनकुटामा कोरोनामुक्त हुनेको संख्या भने बढेको थियो । तर आज धनकुटामा ६ जना मात्रै कोरोनामुक्त भई घर फर्किएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या २ हजार १ सय २५ पुगेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार हिजो दिउँसोसम्म संक्रमित भएका मध्ये १ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने २५ जना संस्थागत आइसोलेसनमा र १३ जना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...