कोरोना तेस्रो लहरको तयारी : देशभर १८० भेन्टिलेटर, १४०० एचडियु बेड थपिँदै

01 098 09

काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमणको तेस्रो लहर (फेज) विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाका लागि भेन्टिलेटरसहित आइसियू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बालबालिकाका लागि १८० भेन्टिलेटरसहित २५० वटा आइसियू बेड थप्ने कार्यअगाडि बढाइएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलका अनुसार देशभर थप एक हजार ४ सय एचडियु बेडहरू विस्तार गर्न लागिएको जनाइएको छ ।

हाल देशभरका सरकारी अस्पतालहरूमा दुई हजार ७५ र निजी अस्पतालमा ७७८ एचडियु बेड सञ्चालनमा रहेका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भेन्टिलेटरहरूको संख्या नौ सय पुर्‍याइएको र १८० थप गर्ने प्रक्रियामा रहेको पनि जानकारी दिएको छ ।

यसैगरी, नेपालमा अनुदानबाट र खरिद गरी हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको जानकारी विज्ञप्तिमाफर्त पौडेलले दिएका हुन् । हाल कोभिशिल्ड, भेरोसेल र जोनसनको खोप प्रयोग भइरहेको छ ।

भारत सरकारको अनुदानबाट नेपाली सेनासहित एक लाख, सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख, तथा गाभी कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको छ ।
 

प्रतिकृया दिनुहोस