धनकुटामा १८ जनामा कोरोना संक्रमण पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा केही दिन यता कोरोना संक्रमणको ग्राफ तलमाथि भइरहेको छ । तीन दिनयता धनकुटामा कोरोना संक्रमण क्रमश घट्न थालेको छ । आज मात्रै धनकुटामा १८ जनामा कोरोना संक्रमा पुष्टि भएको छ ।

अस्ति एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हिजो फेरि धनकुटामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै अहिलेसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार ३ सय २४ पुगेको छ ।

आज धनकुटामा कोरोनामुक्त हुनेको संख्या भने बढेको छ । आज ४६ जना कोरोनामुक्त भई घर फर्किएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या २ हजार १ सय १९ पुगेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार आजसम्म संक्रमित भएका मध्ये १ सय ६० जना होम आइसोलेसनमा रहेका छन् भने २२ जना संस्थागत आइसोलेसनमा र १३ जना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस