नेपालमा थपिए ३३६५ जना नयाँ कोरोना संक्रमित, १६ जनाको मृत्यु

Covide test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५५५ जनाको पीसीआर परीक्षणमा २ हजार ३३५ र ४ हजार ६८७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ३० जना गरी कुल ३ हजार ३६५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ३६ जना र भेन्टिलेटरमा १ सय ६० जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट १ हजार ३ सय ७३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।

प्रतिकृया दिनुहोस