धनकुटामा बढ्यो कोरोना संक्रमण, आज एकै दिन ५२ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा केही दिन यता कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । अस्ति मात्रै घटेको कोरोना संक्रमण तीन दियता फेरि ह्वात्तै बढेको छ ।

सोमबार धनकुटामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा हिजो मंगलबार धनकुटाका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, आा फेरि एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै अहिलेसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार ३ सय ९ पुगेको छ । हिजो धनकुटामा १५ जना कोरोनामुक्त भएका थिए भने आज १६ जना संक्रमणमुक्त भएका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आजसम्मको तथ्यांक अनुसार संक्रमित भएका मध्ये १ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा र १३ जना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस