निरन्तर उकालो लाग्न थाल्यो कोरोना ग्राफ : आज ३८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

Coronav660

काठमाडौं । कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । नेपाल पछिल्लो समय कोरोना संक्रमणको दर वृद्धि भएको छ ।

केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए । यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस