धनकुटामा कोरोना संक्रमण बढेको बढ्यै, आज मात्रै ३६ जनामा कोरोना

Dhankuta pcr lab

धनकुटा । धनकुटामा केही दिन यता कोरोना संक्रमणको ग्राफ उकालो ओरालो भइरहेको छ । अस्ति मात्रै घटेको कोरोना संक्रमण हिजो र आज फेरि ह्वात्तै बढेको छ ।

हिजो धनकुटामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज धनकुटाका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार २ सय ५७ पुगेको छ ।

आज धनकुटामा १५ जना कोरोनामुक्त भएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आजसम्मको तथ्यांक अनुसार संक्रमित भएका मध्ये २ हजार ४५ जना निको भईसकेका छन् ।

हाल जिल्लामा १८६ जना सक्रिय संक्रमित रहेकोमा १५४ जना होम आईशोलेसनमा, १९ जना संस्थागत आईशोलेसनमा र १३ जना अस्पतालमा उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।

प्रतिकृया दिनुहोस