पछिल्लो २४ घण्टामा २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

Corona virus photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ भने २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै संस्थागत आइसोलेसनमा रहेका २ हजार ६८० जनामध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६९५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २३२, लुम्बिनीमा १०७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संखुवासभा सामूहिक हत्या प्रकरणका मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर रहेको प्रहरीको खुलासा

1631016204 axgou

काठमाडौँ । संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुल...