काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना पुष्टि

Kathmandu city ktm 2

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१५ जनामा संक्रमण भएको हो ।

जसमध्ये काठमाडौंका ४२१, भक्तपुरका ८६ जना र ललितपुरका १०८ जना छन् । योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ६१९ सक्रिय कोरोना संक्रमित छन् ।

काठमाडौंमा मात्रै ५५७४, भक्तपुरमा ९३२ जना र ललितपुरमा १११३ जना सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस