पछिल्लो २४ घण्टामा २९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

Corona vaers

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८२ र ३ हजार ६ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ७८ जना कोरोनामुक्त भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको छ । तीमध्ये ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...