धनकुटामा अत्याधिक बढ्यो कोरोना संक्रमण, आजै ५० जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा तीव्र रुपमा कोरोना संक्रमण बढेको छ । आज मात्रै धनकुटामा ५० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २१ सय ६८ पुगेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज दिउसो तीन वजे सम्मको तथ्यांक अनुसार ४७ सय २१ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ११ सय ७४ र २८ सय ८८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज धनकुटामा २६ जना कोरोनामुक्त भएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या १ हजार ९ सय ८९ जना कोरोनामुक्त भएका छन् निको भइसकेका छन् । हाल जिल्लामा १५३ जना सक्रिय संक्रमित छन् ।

हाल धनकुटामा रहेका संक्रमितमध्ये १२७ जना होम आईशोलेसनमा, १७ जना संस्थागत आईशोलेसनमा र ९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...