जनस्वास्थ्य प्रतिष्ठानले दियो देउवालाई १८ बुँदे सुझाव

Sherbahadur deuba

काठमाडौं । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोनो भाइरस संक्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ ।

प्रतिष्ठानले स्वास्थ्य प्रणालीको क्षमता बढाउन, घर र संस्थागत आइसोलेशन तथा क्वरेण्टीनलाई व्यवस्थित गर्न, औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षणको व्यवस्था गर्न, सीमा क्षेत्रको आवागमन व्यवस्थित गर्नुपर्ने सुझावहरू दिएको छ ।

प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्न सक्ने क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न समेत आग्रह गरेको छ ।

यस्तै महिला स्वास्थ्य स्वयंसेविका तथा वडास्तरका स्वास्थ्यकर्मीको सक्रियतामा कोरोनामाथि निगरानी बढाउन, दुर्गम क्षेत्रमा जाँच र उपचारको पहुँच पु¥याउनुपर्ने लगायतका सुझाव पनि दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...