आज कुन जिल्लामा कति संक्रमित थपिए ? यस्तो छ जिल्लागत विवरण

Coronav660

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा १, झापामा १७०, धनकुटामा १६, भोजपुरमा ९, मोरङमा २१, सोलुखुम्बुमा १, संखुवासभामा १ र सुनसरीमा ५२ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १, पर्सामा १, बारामा १, महोत्तरी ८, रौतहटमा ४, सप्तरीमा २, सर्लाहीमा ६ र सिरहामा ३ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा ४९०, काभ्रेमा २५, चितवनमा १६३, दोलखामा १८, धादिङमा १९, नुवाकोटमा १५, भक्तपुरमा ७९, मकवानपुरमा ३५, रसुवा ११, रामेछापमा ७, ललितपुरमा १२८, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १८५, गोरखामा १०, तनहुँमा ४७, नवलपरासी पूर्वमा १९, पर्वतमा ५, म्याग्दीमा १३, लमजुङमा १४, बागलुङमा २९ र स्याङजामा १४ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २५, नवलपरासीमा २, पाल्पामा ३२, प्युठानमा २, बर्दियामा १६, रोल्पामा ३, बाँकेमा ६ र रुपन्देहीमा ४१ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २७, दैलेखमा ३, रुकुम पश्चिममा १, हुम्लामा १ र सुर्खेतमा १० जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १८, कैलालीमा २६, डडेल्धुरामा ९, दार्चुलामा २, डोटीमा २ र बैतडीमा ३ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...