तीन प्रदेशमा ८१ हजारले लगाए जोन्सन एण्ड जोन्सन खोप

Vexin

काठमाण्डौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप तीन दिनमा ८१ हजार ३५२ जनाले लगाएका छन् ।

साउन ४ गतेदेखि शुरु भएको जोन्सन एण्ड जोन्सन खोप अभियानमा बुधबार अपराह्न ४ बजेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।

जोन्सन एण्ड जोन्सन खोप अभियानमा अहिले सात प्रदेशमध्ये बागमती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीले बागमती प्रदेशमा ७८ हजार ४३५ जना र गण्डकी प्रदेशमा २९ सय १७ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएको जानकारी दिए ।

अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो । यो खोप वैज्ञानिक हिसाबले एक डोज लगाए पुग्ने खोप हो । यसैगरी मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार अहिले नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारको खोप प्रयोगमा ल्याइएको जानकारी दिए

जसअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुको सङ्ख्या १८ लाख २८ हजार ४८४ जना रहेका छन् । साथै, कोभिशिल्डको दोस्रो मात्रा लगाउनेहरुको सङ्ख्या चार लाख ६० हजार ७३४ रहेका छन् ।

त्यस्तै, भेरोसेलको पहिलो मात्रा लगाउनेहरुको सङ्ख्या १४ लाख २३ हजार ४४७ रहेका छन् भने दोस्रो मात्रा लगाउनेको सङ्ख्या छ लाख ८२ हजार ३९२ जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...