धनकुटामा फेरि बढ्यो कोरोना संक्रमण, आज एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि

Dhankuta pcr lab

धनकुटा । पछिल्ला केही दिनयता धनकुटामा कोरोना संक्रमण बढेको बढ्यै भएको छ ।

हिजो धनकुटामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म धनकुटामा संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९३ पुगेको छ ।

त्यसैगरी आज धनकुटाका २४ जना कोरोनामूक्त भएका छन् । यो सँगै जिल्लामा कोरोनालाई जित्नेको संख्या १९ सय ११ पुगेको छ ।

४ हजार ६ सय ८६ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार १ सय ४५ र २ हजार ८ सय २ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

हाल जिल्लामा १ सय ५६ सक्रिय संक्रमित रहेकोमा १ सय ३७ जना होम आईशोलेसनमा, १२ जना संस्थागत आईशोलेसनमा र ७ जना अस्पतालमा उपचार भइरहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र धनकुटाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...