फेरि बढ्यो कोरोना संक्रमण : थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

कुन जिल्लामा कति संक्रमित थपिए ?

Covid 19 nishannews

काठमाडौंं । पछिल्लो समयमा फेरि नेपालमा कोरोना संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी आज नेपालमा कोरोना संक्रमणबाट २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३१, मोरङमा २५२, झापामा १७८, सुनसरीमा १६५, ललितपुरमा १४७, कास्कीमा १२६ र चितवनमा १२५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै मकवानपुरमा ६८, नवलपरासी पूर्वमा ६१, कैलालीमा ४५, धादिङमा ४४, भक्तपुरमा ४१, रुपन्देहीमा ३७, पाल्पामा ३२, बागलुङमा २७, दोलखामा २३, काभ्रे र सुर्खेतमा २२/२२ जना कोरोना संक्रमित थपिएका छन् ।

सप्तरीमा १७, बारामा १६, तनहुँ र स्याङजामा १४/१४ जना, रामेछाप, पर्वत र दाङमा १२/१२ जना, नुवाकोटमा ११ र तेह्रथुममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस