पछिल्लो २४ घण्टामा २४४५ जनामा कोरोनापुष्टि, ३२ जनाको मृत्यु

Corona graff

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २५८ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।

हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १८ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,५८२ पुगेको छ ।

प्रतिकृया दिनुहोस