धनकुटामा आज १५ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । देशभर कोरोना संक्रमण कम भइरहेका बेला धनकुटामा भने कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । पछिल्लो पटक धनकुटामा आज मात्रै १५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७७ पुगेको छ ।

अहिलेसम्म ४ हजार ६ सय ७५ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको मध्ये १ हजार १ सय ४० जनामा संक्रमण पुष्टि भएको हो भने २ हजार ७ सय ७७ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएकामध्ये ९ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये २ हजार १ हजार ८ सय ८७ निको भईसकेका छन् ।

त्यसैगरी आज धनकुटामा ७ जना कोरोनामुक्त भएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार धनकुटामा १ सय ५६ सक्रिय संक्रमित रहेकोमा १ सय ३० होमा आईशोलेसनमा, १७ जना संस्थागत आईशोलेसनमा र ९ जना अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस