ढाड दुख्नेहरुका लागि खुसीको खबर, यसरी कम गराउन सकिन्छ

Back pain

काठमाडौं । आजभोलि हाम्रो काम गर्ने तरिकाका कारण ढाड या कम्मरमा समस्या हुने गरेको छ ।

सहर बजारमा अफिसमा दिनभरि कुर्सीमा बसेर काम गर्नेहरुमा ढाडको समस्या हुने गरेको छ । कोरोना महामारीका कारण लकडाउन हुँदा घरबाटै अफिसको काम अनलाइनबाट गर्नेहरुमा झन् यस्ता समस्या बढेका छन् ।

ढाड दुखाईको समस्याको हल गर्नका लागि केही घरेलु विधीहरु हामी यहाँ चर्चा गर्न गइरहेका छौं । ढाड दुख्ने समस्यामा राहतका लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

१. आइस प्याकको प्रयोगः तपाईंलाई असैह्य पीडाका साथ कम्मर दुखेको छ भने आइस प्याकको प्रोग गर्न सक्नुहुन्छ । आइसले राम्रो पीडा कम गर्ने काम गर्दछ । यसलाई तपाईंले दिनमा तीन चार पटक प्रयोग गर्न सक्नुहुन्छ । आइसलाई कपडाले मोरेर दुखेको ठाउँमा राख्दा राहत मिल्छ ।

२. ढाडमा मालिस गर्दाः कम्मर दुखेर हैरान हुनुहुन्छ भने सबैभन्दा असरदार तरिका मालिसलाई लिन सकिन्छ । कम्मर वा ढाड दुखेको ठाउँमा नियमित मालिस गर्दा यसबाट राहत मिल्दछ । मालिसले कम्मरको दुखाई कम मात्र नभई तपाईंको दिनभरको तनाव पनि कम गर्ने हुन्छ ।

३. मह र बेसार भएको दुधको सेवनः कम्मर वा ढाड दुखेको बेला मह मिसाएको दुध पिउनु उत्तम मानिन्छ । हुनत यो पुरानो वा परम्परागत तरिका हो । अझ् बेसार मिसाएर महयुक्त दुध पिउँदा शरीर र जोर्नीको दुखाई कम हुन्छ ।

४. लशुनको सेवनः शरीरको दुखाईमा लशुन उपयोगी मानिन्छ । कम्मर वा ढाडको दुखाईबाट पीडितले दैनिक खाली पेट लशुनका दुई वा तीन पोटी खाँदा राहत मिल्दछ । यसका साथै तोरीको तेलमा लशुन तताएर त्यसले मालिस गर्दा पनि धेरै हदसम्म आराम हुन्छ ।

५. उचित आसनको छनौटः कुर्सीमा बसेर काम गर्दा एक उचित आसनको छनौट गर्दा पनि कम्मर या ढाडको दुखाई कम गर्न सकिन्छ । उचित मुद्रामा बस्दा मेरुदण्डमा कम दबाब हुने हुनाले बसाईले पनि ढाड या कम्मरको दुखाई कम गर्न सकिन्छ ।

६. शारीरिक व्यायामः कम्मरको दुखाईबाट राहत पाउनका लागि घरेलु उपायका अतिरिक्त शारिरिक कसरत पनि गर्न उत्तिकै आवश्यक छ । शारीरिक कसरत गर्दा मेरुदण्डका मांशपेशीहरु मजबुत हुन्छन् । यसमा स्ट्रेचिङ्गलाई सबैभन्दा उपयोगी व्यायाम मानिन्छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...