साउन १५ सम्म ३२ लाख डोज खोप आउँछ : स्वास्थ्य मन्त्रालय

Health2020

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन १५ गतेसम्म ३२ लाख डोज भेरोसेल खोप नेपाल आइसक्ने जनाएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले अबको दुई सातासम्ममा चीनबाट ३२ लाख डोज खोप नेपाल आउने जानकारी दिँदै खोप अभियान निरन्तर अघि बढाइने बताएका हुन्। 

‘१८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने योजना सरकारको छ। त्यसका लागि खोप व्यवस्थापनको काम भइरहेको छ। यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ,’ डा.अधिकारीले सार्वजनिक सूचना जारी गर्दै भनेका छन्।

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको छ। त्यसअनुसार ८ लाख डोज खोप आइसकेको र साउन ६ गतेदेखि थप खोप आपूर्ति हुने अधिकारीले जानकारी दिए। चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने जानकारी गराइसकेको छ। यसअघि चीनले नेपाललाई १८ लाख डोड भेरोसेल खोप अनुदानमा दिएको थियो। 

त्यसैगरी कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजनासमेत सरकारले बनाएको अधिकारीले बताए।‘चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाइने छ,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका सबै नागरिकलाई दोस्रो मात्रा खोपको व्यवस्था भइसकेको छ। केही दिनमै ती खोपहरु प्राप्त हुनेछन्।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...