पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? यस्तो छ जिल्लागत विवरण

Corona test

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ९ सय ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ६ सय १३ आरटी पिसिआर र ४ हजार ५ सय ६९ एन्टिजेन गरी कुल १४ हजार १ सय ८२ जनामा परीक्षण गरिएकोमा २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा २१, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा १५१, ताप्लेजुङमा १, तेह्रथुममा ४, धनकुटामा १६, पाँचथर २, भोजपुरमा ७, मोरङमा २४६, संखुवासभामा ४, सोलुखुम्बुमा २ र सुनसरीमा २८४ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १०, बारामा २, महोत्तरीमा ७, रौतहटमा ४, सप्तरीमा १८, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ ।

वाग्मती प्रदेशको काठमाडौंमा ३४३, काभ्रेमा १९, चितवनमा ५९, दोलखामा ९, धादिङमा ७, नुवाकोटमा ३५, भक्तपुरमा ६२, मकवानपुरमा ४९, रसुवा ४, रामेछापमा ७, ललितपुरमा १३६, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १३८, गोरखामा ५, तनहुँमा १२, नवलपरासी पूर्वमा ४०, पर्वतमा १, म्याग्दीमा २, लमजुङमा ९, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ३, दाङमा ११, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा २, बाँकेमा ७, रोल्पामा १ र रुपन्देहीमा ४४ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, कालिकोटमा ५, हुम्ला ६, डोल्पा १, रुकुम पश्चिममा १, सल्यानमा १ र सुर्खेतमा ३५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २७, कैलालीमा ५१, दार्चुलामा १, बझाङमा १ र बैतडीमा ३ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस