पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि, १,७५७ संक्रमित अस्पतालबाट डिस्चार्ज

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षणबाट ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको छ।

यसैगरी गत २४ घण्टामा १ हजार ७५७ जना कोरोना संक्रमि डिस्चार्ज भएका छन्। हाल देशभर २६ हजार ६३९ जना सक्रिय संक्रमित छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...