उकालो लाग्यो देशैभर संक्रमितको संख्या, थप २९०५ जनामा संक्रमण पुष्टि

Coronavirus testing

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार देशभर १८ जना संक्रमितको मृत्यु भएको छ भने १६ सय ६ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ८ हजार १०८ पीसीआर तथा ४ हजार ९ सय १६ एन्टिजेन परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ६ सय ६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख २४ हजार ७ सय ११ पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ ।

हालसम्म ३७ लाख ३० हजार ३ सय ४४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमध्ये २६ लाख २१ हजार ४ सय ७६ जनाले पहिलो मात्रा लगाएका छन् भने ११ लाख ८ हजार ८ सय ६८ जनाले दोस्रो मात्रा पनि लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस