थप २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

Coronavirus testing

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका  अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ एन्टिजेन परीक्षणबाट ७५९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार ४१२ पुगेको छ।

गत २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...