उत्पादन क्षमताको आधारमा चीनले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने  

Hou yanqi  2021

काठमाडौं । चीनले उत्पादन क्षमताको आधारमा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ कम्पनीको उत्पादन क्षमताअनुसार खोप उपलब्ध गराउने बताएकी हुन्।

राजदूत यान्छीले चिनियाँ कम्पनीले कोरोनाविरुद्धको खोप उत्पादनलाई तीव्रता दिएको र सोहीअनुुसार नेपाललाई प्राथामिकताका साथ खोप उपलब्ध गराउने बताइन्। 

राजदूत यान्छीले कोरोनाविरुद्ध लड्न चीनले नेपाललाई स्वास्थ्य सामाग्री, खोजलगायत जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाइन्। हालसम्म चीनले १८ लाख डोज खोप नेपाललाई सहयोग गरिसकेको छ। 

यसैबीच नेपाल सरकारले चीनबाट शुक्रबार आठ लाख डोज खोप खरिद गरी ल्याइसकेको छ । नेपाल वायुसेवा निगमको जहाजमार्फत चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीसँग भएको सम्झौता अनुसार पहिलो चरणमा आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...