कोभिड खोप लगाएको १६ घण्टापछि ६५ बर्षीय बृद्धको मृत्यु

Rajbiraj.psd

सप्तरी । सप्तरीमा कोरोना विरुद्धको खोप लगाएका एक ६५ बर्षीय बृद्धको मृत्यु भएको छ । जिल्लाको तिलाठी–कोईलाडी गाउँपालिका वडा नम्बर ७ का बृद्ध बलराम मण्डलको आइतबार बिहान ४ बजे मृत्यु भएको हो ।

मण्डलले वडा कार्यालय मंसापुरमा शनिबार साढे ११ बजे कोरोना विरुद्धको खोप लगाएका थिए । राती खाना खाएर घरमा सुतेका मण्डल आइतबार बिहान ४ बजे मृत अबस्था भेटिएका उनका आफन्तले बताएका छन् ।

शनिबार सधै जस्तो खाना खाएर सँगै ओछ्यानमा सुतेका थियौं, मृतका पत्नी देव सुनर मण्डलले भन्नुभयो । सधै एकाबिहान उठने मान्छे अबेर गरेपछि उठाउन जाँदा उहाँ मृत अबस्था रहेको उहाँले बताए ।

खोप लगाउनु भएका उहालाई कुनै समस्या पनि देखिएको थिएन, मण्डलले भनिन, एक्कसी घटना भयो । उनले थपिन् कोरोना खोपले ज्यान बचाउनुभन्दा ज्यानै लियो ।

मण्डलले गत जेठ २८ गते कोरोना विरुद्धको पहिलो खोप लगाएका थिए । पहिलो खोप लगाएका मण्डलले दोस्रो चरण अन्तर्गतको खोप शनिबार लगाएका हुन । मण्डल खोप लगाएको १६ घण्टा पछि मृत्यु भएको तिलाठी–कोईलाडी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष गुलाप प्रसाद सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...