पछिल्लो २४ घण्टामा थप २,१६९ जनामा कोरोना पुष्टि, १,४३२ जना कोरोना संक्रमणमुक्त  

Corona test

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणबाट १ हजार ३५३ जनामा र ३ हजार ८८७ एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३६२ पुगेको छ ।

यस्तै गत २४ घण्टामा १ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार ४८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...