नुवाकोटमा देखियो कोभिडको ‘डेल्टा प्लस’ भेरियन्ट, बालबालिका बढी जोखिममा

Covid 19 nishannews

नुवाकोट । नुवाकोटमा कोभिड-१९ को डेल्टा प्लस भेरियन्ट देखिएको छ । नुवाकोट जिल्लाको त्रिशुली अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएका चारवटा स्वाबलाई अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाई जीन सिक्वेन्सिङ गर्दा डेल्टा (बी.६१७.२) र डेल्टा प्लस (बी.१६७.२) + के४१७एन भेरियन्ट देखिएको अस्पतालले जनाएको छ ।

‘त्रिशुली अस्पतालको पीसीआर प्रयोगशालामा पीसीआर पोजिटिभ देखिएका चारवटा स्वाबका नमूनाहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्न पठाइएकोमा ३ वटा स्वाबका नमूनाहरूमा डेल्टा (बी.६१७.२) र डेल्टा प्लस (बी.१६७.२) + के४१७एन प्रमाणित भएको जानकारी गराइन्छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पहिलो लहरको अल्फा भेरियन्ट र दोस्रो लहरको डेल्टा भेरियन्टभन्दा डेल्टा प्लस भेरियन्ट ६० देखि १०० प्रतिशतसम्म बढी संक्रामक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘डेल्टा प्लस भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरूलाई उच्च संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको र सो डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको विज्ञहरूले जनाएका छन्‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस