थप २,२३९ कोरोना संक्रमित, १,३१६ जना संक्रमण मुक्त

Corona vaers

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार देशभर २० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४० पुगेको छ।

यसैगरी गत २४ घण्टामा १ हजार ३ सय १६ संक्रमणमुक्त भएका छन् भने देशभर हालसम्म २६ हजार ५ सय ९० सक्रिय संक्रमित रहेका छन्।

यस्तै शुक्रबार देशभर ६ हजार ६ सय ५७ पीसीआर तथा ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...