देशभर ३५ लाख ४५ हजारले लगाए कोरोना खोप

Nepal vex

काठमाण्डौं । सरकारले देशभर शुरु गरेको कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सातै प्रदेशमा पहिलो र दोस्रो मात्र गरि ३५ लाख ४५ हजार ६७५ जनाले कोभिसिल्ड र भेरोसेल खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २६ लाख ११ हजार ८०७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लिएका छन् भने जसमध्ये नौ लाख ३३ हजार ८६८ जनाले कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लिएका छन् ।

सातै प्रदेशमा १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लिएका छन् भने ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् ।

त्यस्तै भेरोसेल खोपको पहिलो मात्रा लिएका सात लाख ८७ हजार ३२३ जनामध्ये ४७ लाख ३१ हजार १३४ जनाले दोस्रो मात्रा पाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले शुरु गरेको कोराना विरुद्धको खोप अभियानमा कोभिसिल्ड र भेरोसेल खोप सबैभन्दा धेरै लागउनेमा बागमती प्रदेश अगाडि रहेको छ भने कम खोप लगाउने जनसंख्यामा कर्णाली प्रदेश रहको छ ।

बागमती प्रदेशमा चार लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् भने कर्णाली प्रदेशमा एक लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएका छन् ।

त्यस्तै बागमती प्रदेशमा चार लाख ७० हजार ६०४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने कर्णली प्रदेशमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस