नेपाल आइपुग्यो आठ लाख डोज भेरोसेल खोप, ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने

Vaccine china

काठमाडौं । नेपाल सरकारले खरित गरेको आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आईपुगेको हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने छ ।

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।

 

प्रतिकृया दिनुहोस