कहाँ कति संक्रमित थपिए ? यस्तो छ जिल्लागत विवरण

Covide test

काठमाडौं । नेपालमा बिहीबार थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३७४ वटा पिसिआर परिक्षणका क्रममा १ हजार २ सय १८ र ५ हजार १३० एन्टीजेन परिक्षणका क्रममा ६५७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ३७४ जनाको पीसीआर परीक्षणबाट १ हजार २१८ र ५ हजार १०३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जना गरी जम्मा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाले ज्यान गुमाएका थिए । मृतकको संख्या पनि आज बढेको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २८६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा २८, धनकुटामा ३, ताप्लेजुङमा १, मोरङमा ६५ र सुनसरीमा ११८ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ७, बारामा २, महोत्तरीमा १, सप्तरीमा ४ र सिरहामा १ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा २८७, काभ्रेमा २९, चितवनमा ६०, दोलखामा १, धादिङमा ६, नुवाकोटमा २२, भक्तपुरमा ५८, मकवानपुरमा २८, रसुवा ८, रामेछापमा ३, ललितपुरमा ८२, सिन्धुली ५ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०५, गोरखामा ६, तनहुँमा ४, नवलपरासी पूर्वमा ३९, पर्वतमा २, मनाङमा १, म्याग्दीमा १, लमजुङमा १, बागलुङमा ३ र स्याङजामा २१ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ७, नवलपरासीमा १४, पाल्पामा २३, प्युठानमा १, बर्दियामा १४, बाँकेमा १०, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा ४७ जना छन् ।

कर्णाली प्रदेशको जाजरकोटमा १, कालीकोटमा १, हुम्लामा ४, दैलेखमा ५, मुगुमा १, रुकुम पश्चिममा २, सल्यानमा १ र सुर्खेतमा १७ जनामा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा ५, कैलालीमा १२, डडेल्धुरामा ९, बैतडीमा ६ र बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस