देशैभर घट्यो संक्रमणको ग्राफ : थप १,८७५ जनामा कोरोना पुष्टि, १,२८६ जना संक्रमणमुक्त

Covide test

काठमाडौँ । नेपालमा बिहीबार थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ३७४ वटा पिसिआर परिक्षणका क्रममा १ हजार २ सय १८ र ५ हजार १३० एन्टीजेन परिक्षणका क्रममा ६५७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २९ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ३ सय २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार २८६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय १३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३३ लाख ९६ हजार ७५३ वटा पिसिआर र २ लाख २२ हजार ५५१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस