अदुवा हालेको चिया खान हुन्छ कि हुँदैन ? यस्तो छ यसको फाइदा र बेफाइददा

Aduwa haleko tea

दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ । अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ । अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ । महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउँदा त्यसले फाइदा पुग्छ ।अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ ।

अदुवामा रहेको भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो बनाउँछ । हृदयघात देखि अन्य मुटुसम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

चिसो मौसममा धेरैजसो मानिसहरु अदुवा हालेको बनाएको चिया पिउन मन पराउँछन् । त्यसैले अदुवा हालेको चिया लोकप्रिय बनेको छ । तर अत्यधिक अदुवा हालेको चिया पिउँदा स्वास्थ्यका लागि फाईदा हुन्छ वा बेफाइदा भन्ने कुरामा पनि थोरै मात्र मानिसहरु जानकार छन् ।

यस्तो छ बेफाइदा
१. अदुवा हालेको चिया सुत्नुअघि पिउनु हुँदैन यसले निन्द्रामा समस्या पैदा गराँउछ ।

२. अदुवाले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र खटपटाहट पैदा गराउँछ त्यसैले अदुवा हालेको चिया अत्यधिक पिउँदा पखाला लाग्ने खतरा बढी हुन्छ ।

३. जो व्यक्तिमा उच्च रक्तचापको समस्या छ त्यस्ता व्यक्तिहरुले अदुवा हालेको चिया पिउनु फाइदाजनक हुन्छ । तर जो व्यक्तिको रक्तचाप सामान्य छ ती व्यक्तिका लागि अयसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने गर्छ ।

४. अत्यधिक अदुवा हालेको चिया पिउँदा कपाल झर्ने समस्या पैदा हुन्छ। अदुवामा हुने जिन्जरोल नामक तत्वले कपाल बढ्न रोक्ने गर्छ ।

५. अदुवा हालेको चियाको जिन्जरोलले पेटमा धेरै एसिड पैदा गर्छ र जलन उत्पन्न हुन्छ ।

प्रतिकृया दिनुहोस