आज कुन जिल्लामा कति संक्रमित थपिए ? यस्तो छ जिल्लागत विवरण

Covide test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ३ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२ र ४ हजार ८७६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जना गरी जम्मा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५५२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ९, खोटाङमा २, झापामा ४०, ताप्लेजुङमा १२, भोजपुर १, मोरङमा १२९, संखुवासभा २ र सुनसरीमा ५५ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ४, बारामा १, महोत्तरीमा ३, , सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ९ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा ३४२, काभ्रेमा १३, चितवनमा १५, धादिङमा ८, नुवाकोटमा ३४, भक्तपुरमा ३१, रसुवा ३, रामेछापमा ३, ललितपुरमा ८८, सिन्धुली १ र सिन्धुपाल्चोकमा २५ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा २, तनहुँमा ७, नवलपरासी पूर्वमा १, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ४८ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा २, दाङमा ५, नवलपरासीमा ३, पाल्पामा ५, बर्दियामा ५, बाँकेमा २ र रुपन्देहीमा जना छन् ।

कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा १, सुर्खेतमा १० र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा १, बैतडीमा १, दार्चुलामा २, बाजुरामा १ र डोटीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस