पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना पुष्टि, ३०६६ जना कोरोना संक्रमणमुक्त

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८३७ पीसीआर परीक्षणबाट १ हजार ५२७ र ४ हजार २९६ एन्टिजेन परीक्षणबाट ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ।

हाल देशभर २७ हजार ७१६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...