आज कुन जिल्लाका कति थपिए कोरोना संक्रमित ? यस्तो छ जिल्लागत विवरण

Corona graff

काठमाडांै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५६६ जनाको पीसीआर परीक्षणबाट १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ६, उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा १, झापामा ८६, धनकुटामा १०, तेह्रथुम २, भोजपुर २, मोरङमा २९, संखुवासभा २ र सुनसरीमा ७३ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १४, पर्सामा १, बारामा ४, महोत्तरीमा १२, रौतहटमा ३, सप्तरीमा ३७, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३१६, काभ्रेमा ३०, चितवनमा ५३, दोलखामा २, धादिङमा ५२, नुवाकोटमा ३६, भक्तपुरमा ३४, मकवानपुरमा २९, रसुवा १०, रामेछापमा ७, ललितपुरमा ७८, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६४, गोरखामा ६, तनहुँमा २५, नवलपरासी पूर्वमा ३९, पर्वतमा ८, म्याग्दीमा ९, लमजुङमा ४, बागलुङमा २१ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा २४, गुल्मीमा ३७, दाङमा १४, नवलपरासीमा ३, पाल्पामा २३, प्युठानमा १, बाँकेमा १, रुपन्देहीमा २८ र रोल्पामा १ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १६, सल्यानमा १, सुर्खेतमा १४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा ७, कैलालीमा १९, डडेल्धुरामा १, बैतडीमा १, बाजुरामा १ र डोटीमा ३९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस