पछिल्लो २४ घण्टामा थप २२९९ जनामा संक्रमण पुष्टि, ३४५१ जना संक्रमणमुक्त  

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।

यस्तै शुक्रबार ३ हजार ४ सय ५१ संक्रमणमुक्त भएका छन् भने देशभर हालसम्म २९ हजार २ सय ७४ सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा  ६ हजार ५ सय ६६ पीसीआर तथा ४ हजार ३० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...