नेपालमा कोरोना संक्रमण दर र मृत्युदर बढ्यो

Covide test

काठमाडौं । समग्रमा हेर्दा कोरोना संक्रमणको परीक्षण पनि घट्दो क्रममा छ । मृत्यु दर पनि सातभरिमा एक दिनबाहेक बढ्दो क्रममा देखिएको छ । पछिल्लो एक साताको समग्र विवरणअनुसार कोरोना भाइरस संक्रमण दर र कोरोनाका कारणले भएको मृत्युदर दुबै बढ्दो क्रममा रहेको छ ।

तर, हरेक दिनको कोरोना परीक्षण र संक्रमितको संख्या तथा हरेक दिनको कुल संक्रमित संख्या र मृत्यु संख्याका आधारमा संक्रमण दर र मृत्युदर बढेको देखिएको हो ।

काठमाडौँ उपत्यकामा असार १४ गतेदेखि धेरै जमघट हुने केही सीमित बाहेक धेरै क्षेत्र खुला भएका छन् । बजार खुला भएको छ । मानिसहरूको आवतजात निर्बाध भएको छ । फुटपाथहरू भरिभराउ हुन थालेका छन् । योुँगै अहिले फेरि संक्रमण बढ्न थालेको छ ।

यही असार ११ गते १७ दशमलव २५ प्रतिशत रहेको संक्रमण दर १७ गते २५ दशमलव १८ प्रतिशत पुगेको छ । असार १२ गते २१ दशमलव १९ प्रतिशत रहेको संक्रमण दर थोरै घटेर १३ गते १९ दशमलव ५२ प्रतिशत भयो । यसपछि फेरि लगातार बढ्दो क्रममा छ ।

असार १४ गते संक्रमण दर २० दशमलव ९९ प्रतिशत, १५ गते २२ दशमलव ४३ प्रतिशत र १६ गते २५ प्रतिशत रहेको छ । यसैगरी मृत्यु दर पनि सातभरिमा एक दिन बाहेक बढ्दो क्रममा देखिएको छ ।

असार ११ गते शून्य दशमलव शून्य ५८ प्रतिशत रहेको मृत्युदर १७ गते शून्य दशमलव १ प्रतिशत पुगेको छ । असार १२ गते शून्य दशमलव शून्य ७१ प्रतिशत रहेको मुत्युदर बढेर १३ गते शून्य दशमलव शून्य ८४ प्रतिशत र १४ गते शून्य दशमलव ११ प्रतिशत पुग्यो ।

१४ गतेको मृत्युदर झन्डै आधाले घटेर १५ गते शून्य दशमलव शून्य ५६ प्रतिशत भयो । यो मत्युदर बढेर १६ गते शून्य दशमलव १२ प्रतिशत पुग्यो । यो दर थोरै घटेर असार १७ गते शून्य दशमलव १ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस