थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

Covide test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १३० जनाको पीसीआर परीक्षणबाट १ हजार ८५७ र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी जम्मा २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ४ हजार १७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ । कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा काठमाडौंमा ३१६, झापामा २४८, कास्कीमा १८९, मोरङमा १७६, सुनसरीमा १२९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै ललितपुरमा ७४, रुपन्देहीमा ५७, ताप्लेजुङमा ५२, चितवन र मकवानपसुरमा ४८/४८ जना, तनहुँमा ३९, नवलपरासी पूर्वमा ३८, काभ्रेपलाञ्‍चोकमा ३४, सिन्धुपाल्चोकमा ३२, नुवाकोटमा ३०, भक्तपुरमा २९, बागलुङमा २८ जना लमजुङमा २५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

पाँचथर र दाङमा १८/१८ जना, जुम्लामा र सुर्खेतमा १६/१६ जना, स्याङजामा १५, सिरहामा १४, सप्तरी, दोलखा र गोरखामा १२/१२ जना, धनुषामा ११, पाल्पामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ५२ बालबालिकामा कोरोना संक्रमणपुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४३ जनामा कोरोना संक्रमण देखिउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस