उपत्यकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए संक्रमित ?

11953238 3x2 940x627

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप ४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । गत २४ घण्टामा ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ७ हजार १८७ पीसीआर र ४ हजार ३८१ एन्टिजेन परीक्षण भएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४३६, सुनसरीमा १८५, झापामा १७९, मोरङमा १४६, कास्कीमा ११८, ललितपुरमा ८९ र चितवनमा ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्वतमा ५६, तनहुँमा ५२, भक्तपुरमा ४७, मकवानपुर र नुवाकोटमा ३६/३६ जना, नवलपरासी पूर्वमा ३२, काभ्रेपलाञ्चोकमा ३१ र कैलालीमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा २६, स्याङजामा २५, गुल्मीमा २४, म्‍याग्दीमा २२, सिन्धुपाल्चोकमा २१, पाल्पामा २०, धनुषामा १६, कञ्‍चनपुरमा १४, बर्दिया र सुर्खेतमा १२/१२ जना, धनकुटामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १७२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस