स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि हुने, पिसिआर रिपोर्ट अनिवार्य

Medical education commission

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि १३ गतेसम्म गर्ने भएको छ । साउन ९ देखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार परीक्षामा सहभागि हुन विद्यार्थीले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य रुपमा बोक्नु पर्नेछ । पिसिआर पोजिटिभ भएकालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार साउन ९ गते एमबिबिएस, १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पर्फ्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ ।

प्रतिकृया दिनुहोस