पछिल्लो २४ घण्टामा थप २,६३८ जनामा कोरोना, ४,३४८ जना संक्रमित निको

Corona test


 
काठमाडौँ । नेपालमा थप २,६३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार बताएको छ।

पछिल्लो २४ घण्टामा ११,७४८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,४८९ परीक्षण एन्टिजन विधिबाट गरिएको हो। कुल परीक्षणको २२.४ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा ४,३४८ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३ प्रतिशत पुगेका छन्। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ७० हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०७१ पुगेको छ। अहिले कुल ३२,३४९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,९६१ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...