पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण, ३८५३ जना संक्रमणमुक्त

Coronavirus testing

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ।

यस्तै गत २४ घण्टामा ३ हजार ८ सय ५३ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। देशभर हालसम्म ३७ हजार ९५० सक्रिय संक्रमित रहेका छन्।

२४ घण्टामा ६ हजार ६ सय ४८ जनाको पीसीआर तथा ४ हजार ९ सय ९२ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...