महिलाहरुलाई खुसीको खबर, अब ६० मिनेटमै स्तन क्यान्सरबाट निको हुने

Breast cancer

काठमाडौं । वैज्ञानिकहरुले स्तन क्यान्सरको उपचारका लागि नयाँ तरिका पत्ता लगाएका छन् उनीहरुले एक विशेष प्रकारको भ्याकुम डिभाइस तयार गरेका छन् ।

यो डिभाइस एक सुईको माध्यमबाट स्तनामा रहेको सानो र ठिक्कको आकारमा रहेको क्यान्सरको गिर्खालाई तानेर बाहिर निकाल्छ । क्यान्सरको गिर्खा निकाल्न मात्र ६० मिनेट लाग्ने वैज्ञानिकहरुको दाबी छ । सर्जरीको यो नयाँ तरिका म्यानचेस्टर युनिभर्सिटी एनएचएस फाउण्डेसन ट्रस्टले विकास गरेको हो ।

यो अहिले परीक्षणकालमा रहेको छ । वैज्ञानिकले भ्याकुम प्रविधिबाट स्तन क्यान्सरको उपचार गर्नेका लागि यसको अनुसन्धान भइरहेको बताएका छन् । यो प्रविधिले स्तनमा रहेको १ इन्चको गिर्खा निकाल्न सकिन्छ । यो तरिका पुरानो सर्जरीको तुलनामा यो प्रविधि धेरै नै कम पीडादायी सावित भएको वैज्ञानिकहरुको दाबी छ । क्यान्सरको गिर्खा निकाल्नका लागि बिरामीलाई पुरै शरीर लठ्याउनु नपर्ने बताइएको छ ।

यो डिभाइसको प्रयोग २० महिलाहरुमा सफल भए मात्र पनि यसलाई क्यान्सरको उपचारका लागि सामेल गरिने बताइएको छ । यो माथि युनिभर्सिटी कलेज लण्डनमा अन्कोलाजी र सर्जरी विभागका प्रोफेसर जयन्त वैद्यले गिर्खाको टुक्रालाई तोडेर निकाल्दा यसले शरीरमा फैलिने खतरा हुने बताउँछन् ।

तर क्यान्सरको उपचारलाई भरपर्दो बनाउन नयाँ तरिकाकालाई सदैव स्वागत भने गर्नुपर्ने उनको राय छ । यो उच्च प्रकारको सर्जरी गराउन असमर्थ बिरामीका लागि धेरै राम्रो विकल्प हुन सक्ने उनी बताउँछन् । एजेन्सी

प्रतिकृया दिनुहोस