काठमाडौंमा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी, आज टुंगो लाग्ने

3 9f7vtacspv

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको हो ।

उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेका छन ।

अहिले सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ । सरोकारवालाहरुले निषेधाज्ञा थप खुकुलो बनाउन माग गरिरहेका छन् ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ । त्यसमा प्रशासन सकारात्मक देखिएको बताइएको छ । तर, यस विषयमा अन्य सरोकारवालासँग पनि छलफल गर्नुपर्ने भएकाले अहिले नै भन्न नसकिने अधिकारीहरुको भनाइ छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अझै एक साता निषेधाज्ञा थपिने छ ।

‘दुई महिना अघिदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । संक्रमण पुनः फैलिन नदिने गरी व्यवस्थापन गर्नतिर प्रशासनको ध्यान गएको छ’, प्रजिअ निरौलाले भने, ‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ । पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी आइतबार छलफल गर्नेछौं ।’

‘कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे केही छलफल भइसकेको छैन । चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ भन्ने उपत्यकाभित्रका तनि जना प्रमुख जिल्ला अधिकारीहरु सहमत छन् ।

‘पछिल्लो साता र अघिल्लो साताको संक्रमण उस्तै उस्तै छ’ उनले भने, ‘अब पछिल्लो साताको संक्रमणदरको समीक्षा गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेछ । पहिलाभन्दा खुकुलो होला ।

 

प्रतिकृया दिनुहोस