शनिबार थप २०१६ जनामा कोरोना संक्रमण, ४९१४ जना संक्रमणमुक्त

Corona vaers

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।

यस्तै गत २४ घण्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन् ।

शनिबार ४ हजार ७ सय ४ जनाको पीसीआर तथा ४ हजार ८ सय ६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ भने क्वारेन्टाइनमा ३६१ जना छन् ।

हालसम्म पीसीआर परीक्षण ३३ लाख १७ हजार ३९ भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो सँगै हालसम्म निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । कुल संक्रमितका आधारमा निको हुनेको दर ९१ दशमलव ९ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस