असार २२ गतेदेखि जेष्ठ नागरिकलाई भेरोसिलको दोस्रो डोज

Vero cell vaccine

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने छ ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो । डा. गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका जेष्ठ नागरिक ३ लाख ७० हजार छन् ।

भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत दोस्रो डोज दिइने उनले बताए ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रतिकृया दिनुहोस